Logo

टिप्पणी

कोरोनाले महत्व दिएको “मास्क”



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ सुरु भएको एकबर्ष भन्दा धेरै भइसकेको छ । सन् २०१९ को डिसेम्बरमा छिमेकी मुलुक चीनबाट सुरु भएको यस भाइरसले आजका दिनसम्म लाखौँ करोडौं मानिसहरुको ज्यान लिईसकेको छ ।  कोरोना भाइरस जति फैलिदै गयो उति धेरै मास्कको प्रयोग बढ्दै गएको तथ्यांक रहेको छ । 

कोरोना भाइरस सुरुहुनु पुर्व धुलोधुँवा र प्रदुषणबाट बच्न भन्दै नाक र मुख छोप्न प्रयोग गरिने मास्कको पछिल्लो एक बर्षमा निकै महत्व निकै बढेको छ । सामान्यता: अस्पतालका डाक्टरहरुले दैनिक प्रयोग गर्ने मास्क उक्त रोगको महामारीसँगै आम सर्बसाधारणहरुको समेत अनिवार्य प्रयोग बन्न पुगेको हो । 

कोरोना रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने एक सरुवा रोग भएका कारण स्वास्थ्यविद्हरुले मास्कलाई अनिवार्य भनेसँगै मास्कको महत्व बढेको हो । सुरुका दिनहरुमा नेपालबाट समेत चीनमा मास्कको व्यापार गरेका व्यापारीहरु पछिल्लो समय नेपालमा महामारी फैलिएसँगै यसको हाहाकार भएको बताउछन् । दश रुपैँयामा पाउने मास्कको मूल्य बढेर पचास रुपैँयासम्म पुग्यो। मास्कमा समेत कालोबजारी र भ्रष्टचारले एकसमय राम्रै जरा गाडेको थियो । सामान्य रुपमा मास्क नलाउनेहरुले समेत घरमा बस्दा समेत मास्क लगाउने गरेका थिए । मास्क नै कोरोना रोकथामको प्रमुख उपाय रहेको भन्दै सरकारले समेत मास्कलाई अनिवार्य लागु गरेको थियो ।   

मास्कको बारेमा जिज्ञासा राख्दै सामाजिक सञ्जालमा पवित्रा गौतम लेख्छिन् ,”यो राति सुता चहि माक्स लाउन पर्ने हो की हैन होला ?  यो मुखमा महला जस्तो माक्स बाट कहिले मुक्ति पाईन्छ होला ? यो महला लाउन बिर्सीयो भने जरीवाना तिर्न पर्ने, यति मात्र हैन यो महला बिर्सीए कुनै ठाउँमा पस्न त के कोही मान्छे नै बाटामा छ्न भने मान्छे नै भाग्ने ।  हे भगवान ! बरु बाघ सङ मान्छे नडराउलान तर माक्स लाको छेन भने मान्छे देखी मान्छे नै डराएर भग्नु पर्ने यो जस्तो समय आयो । छि ! दिक्क बनायो यो पापी कोरोनाले कसैले नियन्त्रण गर्न नसक्ने यो पापी रोगले सारै नै रुवायो । भन्दै गुनासो गरेकी छिन् । गौतममात्र होइन आजभोली प्राय सबै मानिसहरुको गुनासो एउटै रहेको छ, मास्क बाट कहिले छुटकारा मिल्ला ?

तर, बढ्दै गैरहेको कोरोना महामारी र घट्दै गएको मास्कको प्रयोगले प्रश्न गर्ने गरेको छ । के मास्कले कोरोना रोक्न वा छेक्न छोडेको हो ? अथवा अब कोरोना मास्क नलगाए नसर्ने भएको हो ? खाना खाने बेलामा समेत मास्क खोल्न नपरे हुन्थ्यो जस्तो गर्नेहरु आजभोली खुलेआम भिडभाडमा समेत मास्क लगाउन छोडेका छन् । सरकारी कार्यलय, बैंक तथा वित्तीय संस्थाहरु बाहेक अन्त छिर्नलाई मास्कको जरुरत पर्न छोडेको छ । सरकारले अनिवार्य गरेको सार्वजनिक यातायतमा समेत मास्कको प्रयोग गर्न छोडेको देखिन्छ ।

पछिल्लो समयमा देशका सडक सडकमा देशव्यापी प्रदर्शन भइरहेको बेला कोरोना र मास्क हराइसकेको अनुभूति हुन्छ । तर स्वास्थ्य मन्त्रालयको नियमित तथ्यांकमा भने कोरोना संक्रमित थपिए, मरे र यति डिस्चार्ज भएको भन्ने सुनिन्छ। यस्तो लाग्छ कि कोरोना र मास्क भनेको सीमित कार्यालय र सीमित क्षेत्रलाई मात्र भएको छ । मानिसहरुले पहिला आग्नो लागि र स्वास्थ्यको लागि लगाउने मास्क आजभोली अरुको लागि लगाईदिएको जस्तो महसुस हुन थालेको छ ।    

प्रकाशित मिति : माघ ७, २०७७ बुधबार  २ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।