Logo

विविध

महिलाहरु यौनबाट टाढा भाग्छन् ?



प्रायः महिलाहरु पुरुषहरुलाई स्वार्थी भन्छन् । किनभने पुरुषहरु महिलाहरुलाई केवल यौन सम्पर्कका लागि मात्र नजिकिन्छन् भन्ने लाग्छ । यो कुरा सबै महिलामा लागू हुँदैन । तर विभिन्न सर्वेक्षणका अनुसार वैवाहिक सम्बन्ध अथवा लामो प्रेम सम्बन्धहरुमा एउटा त्यस्तो समय पनि आउँछ, जुन समयमा महिलाहरु आफुलाई यौन र यौन क्रियाकलापबाट आफुलाई अलग राख्छन् ।

त्यस्तो अवस्थामा आफ्नो यौन जीवनबाट असन्तुष्ट भएका कारण त्यस्तो  भएको अनुभव गर्छन् । महिलाहरु आफ्नो यौन जीवनबाट असन्तुष्ट हुनुको विभिन्न कारण हुन्छन् । जसमा पहिलो कारण भनेको उनीहरु यौनका बारेका पहल गर्न र खुलेर आफ्नो इच्छा बताउन अफ्ठ्यारो मान्छन् । यहाँ त्यस्ता पाँच कारणहरुका बारेमा उल्लेख गरिंदैछ, जमा एउटा समयपछि महिलाहरु यौनसंग सुरक्षित दूरी बनाउँछन् ।

पहिलो कारण

भावनात्मक सम्बन्ध कमजोर हुनु –  यौनबाट टाढा हुनुको पहिलो कारण हो भावनात्मक सम्बन्ध कमजोर हुनु । महिलाहरु यौनका लागि सबैभन्दा पहिला भावनात्मक सम्बन्धलाई महत्व दिन्छन् । उनीहरु त्यस्तो भावना कायम भैरहोस् भन्ने चाहन्छन् ।

यदि उनीहरुलाई सम्बन्धमा प्रेम, सम्मान र स्नेह प्राप्त भएको छैन भन्ने महसुस भयो भने उनी तिव्र रुपमा यौनबाट विमुख हुन्छन् । उनीहरु यौन क्रियाकलापमा पनि पूर्ण रुपमा आनन्द लिन सक्दैनन् । यदि यो स्थिति धेरै समयसम्म रहिरह्यो भने उनीहरु यौनप्रति पूर्ण रुपले अनिच्छुक हुन्छन्  । उनीहरु कहिलेकाहिं आफ्नो पार्टनरको मन राख्नका लागि यौनसम्पर्क राखेता पनि यो गतिविधिमा अलिकति पनि रमाउन सक्दैनन् ।

दोस्रो कारण

महिलाहरु व्यस्त रहनु – महिलाहरुको व्यस्तताका कारण पनि उनीहरुमा यौन इच्छा कम हुन थाल्छ । हिजोआज महिलाहरुलाई समान अधिकार र स्वतन्त्रता दिने नाममा उनीहरुलाई पहिला भन्दा धेरै व्यस्त बनाइदिएको छ । आफ्नो शौखलाई पुरा गर्नु र आफ्नो क्षमताको सही प्रयोग गर्नु उनीहरुको पहिलो अधिकार हो तर जब उनीहरु अफिसबाट थाकेर घर आउँछन्, उनीहरुका पुरुष पार्टनरले घरको कामकाजमा उनीहरुलाई सहयोग पाउनु पनि महिलाहरुको अधिकार हो ।

तर त्यस्तो दृष्य कहिं(कहिं मात्र देख्न सकिन्छ, जहाँ श्रीमान्ले श्रीमतीलाई घरको कामकाजमा सहयोग गर्छन् । त्यस्तो स्थितिमा घर(परिवारको दोहोरो जिम्मेवारी निभाउनु पर्ने कारणले उनीहरुको शरीर पूर्ण रुपले थाक्छ, थाकेको शरीरमा यौन इच्छा उत्पन्न हुने प्रश्न नै उठ्दैन ।

तेस्रो कारण

यौन जीवनमा दम्पतीको अनाकर्षण( हरेक विवाहित दम्पत्तिमा केही वर्षपछि यौनप्रतिको आकर्षणमा कमी आउन थाल्छ । एक(अर्काको शरीर र क्रियाकलापसंग राम्रोसंग परिचित भएका कारण पनि त्यस्तो भएको हुन सक्छ । उनीहरुबीचको यौन सम्बन्धमा बढ्दो दुरीका कारण यौन जीवन निरस हुन थाल्छ । प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा आफ्नो बोरिङ यौन जीवनलाई आकर्षक बनाउने जिम्मेवारी पुरुषहरुको नै हुन्छ ।

यदि उसले त्यस्तो गर्न सफल भयो भने उनको यौन जीवन सुमधुर हुन्छ । यदि सफल भएन भने महिलाहरु विभिन्न बाहाना बनाएर यौनबाट टाढा रहन थाल्छन् । यदि तपाईंको सम्बन्ध पनि त्यस्तो स्थितिमा छ भने आफ्नो पार्टनरलाई विभिन्न उपाय अपनाएर उसलाई यौनप्रति आकषिर्त गर्नु आवश्यक छ ।

चौथो कारण

आफ्नो शरीरप्रति सहज महसुस नहुनु – हामी सबै आफ्नो शरीरको ल्ुकप्रति धेरै सम्वेदनशील हुन्छौं । पुरुषको तुलनामा महिलाहरु आफ्नो शरीरप्रति धेरै नै संवेदनशील हुन्छन् । वढेको वजन र शरीरमा भएका दागहरुका कारण उनीहरु आफ्नो शरीरप्रति आत्मविश्वास कम हुन्छ ।

उनीहरु आफुलाई सेक्सी अनुभव गर्दैनन्, आफ्नो पार्टनरको अगाडि कपडा बिना प्रस्तुत हुन अफ्ठ्यारो महसुस गर्छन् । जसको असर यौन क्रियाकलापमा पनि पर्छ । उनीहरु यौनको क्रममा यो प्रक्रियाको आनन्द लिनु भन्दा आफ्नो शरीरको बारेमा नै सोचिरहन्छन । असन्तुष्टिदायक यौन सम्पर्क भविष्यमा गएर यौनबाट टाढा हुनुको कारण बन्छ ।

पाँचौं कारण

यौनमा सन्तुष्टिको अनुभव नगर्नु( यो कुरा विभिन्न सर्वेक्षणहरुबाट प्रमाणित भैसकेको छ । जसमा त्यस्ता महिलाहरुको ठुलो संख्या छ, जसले आफ्नो जीवनमा चरमसुखको अनुभव कहिले पनि गरेका छैनन् । यदि वैवाहिक सम्बन्धमा महिलाहरुले लामो समयसम्म पनि यौन सन्तुष्टिको अनुभव गर्न पाएनन् भने उनीहरु यौनप्रति दिनदिनै उदास हुन थाल्छन् ।

यसको केही जिम्मवारी महिलाहरुको त्यस्तो बानीलाई मानिन्छ, जसमा उनीहरु यौनको बारेमा कुरा गर्न लजाउँछन् । आज पनि त्यस्ता महिलाहरु धेरै छन्, जसले पार्टनरलाई आफ्नो यौन इच्छाका बारेमा खुलेर बताउँदैनन् । त्यस्तो स्थिति नहोस् भन्नाका लागि दुवै पार्टनरले आफ्नो यौन जीवनका बारेमा खुलेर छलफल गर्नु आवश्यक छ ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  ११ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।