बुधवार, माघ ७ २०७७
काठमाडौँ
पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार ५ हजार १२ जनाको कोरोना परीक्षण गर्दा ३१८ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमध्ये २ लाख ६२ हजार ६४२ जनाले कोरोना जितिसकेका छन् ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ३८३ जना डिस्चार्ज भएका छन् । यो ९७.९ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ९७५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।
यस्तै १७२ जना क्वारेन्टिनमा छन् भने ३ हजार ६९३ जना आइसोलेसनमा छन्।