संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको वकिलहरुको जिकिर

संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको वकिलहरुको जिकिर

  • 577
    SHARES

  • संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको वकिलहरुको जिकिर

    प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको विषय केन्द्रित बहसको क्रममा वकिलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद विघटनको अधिकार नरहेको जिकिर गरेका छन्।संवैधानिक इजलासमा बुधबार भएको विषय केन्द्रित  बहसमा  रिट निवेदकका तर्फवाट सहभागी वकिलहरुले पार्टीभित्र विवादको विवादको करण समश्या उत्पन्न भएको दावी गरे । 

    वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संसद विघटन असंवैधानिक रहेको र प्रधानमन्त्री ओलीसँग विघटनको अधिकार नरहेको बताए । नेताहरूबीचको विवादले संसद्‌लाई पीडित बनाउन नहुने बताए । प्रधानमन्त्री र संसद्को बीचमा कुनै द्वन्द्व छैन । साँढेको जुधाइ बाच्छाको मिचाइ । पार्टीभित्र विवाद भएको हो,संसद् मिचियो, उनले भने । 

    images

    त्यसपछि बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कृष्णप्रसाद भण्डारीले जनताको वारिसको रूपमा रहेको संसदलाई प्रधानमन्त्रीले सकाएकोमा आफूलाई दुख लागेको बताए। प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचिएको छ, उनले भने, छोरी कुटेर बुहारी तर्साउने काम ओलीले गरेका छन् । उनले पार्टीका मान्छेलाई देखाइदिन संसद विघटन गरे। संसदको के कसुर थियो ।  

    भण्डारीले यसअघि संसद् विघटनका बेला सर्वोच्च अदालतले सुनाएका फैसला पनि स्मरण गराएका थिए । उनले गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेको संसद् विघटनका बेला सर्वोच्चले सुनाएका फैसला पढेर सुनाउन आग्रह गरेका थिए । 

    बुधबारदेखि बहसमा सहभागी भएका हरेक वकिललाई ३० मिनेटको समय तोकिएको छ। यसअघि यसरी समय सीमा तोकिएको थिएन। मंगलबार तीन वकिलले रिट निवेदकका तर्फबाट बहस गरेका थिए। सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाई संवैधानिक इजलाशमा आइतबारदेखि विषयमा प्रवेश गरेको थियो ।

    सोमबार रिट निवेदकका तर्फबाट दुई वकिल र आइतबार पहिलो दिन निवेदकका तर्फबाट चार वकिलले बहस गरेका थिए ।

    बुधवार, माघ ७ २०७७०४:४४:५६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै