ओली प्रतिगमनकारी मात्र होइनन्, महाप्रतिगमनकारी: जसपा नेता  महतो

ओली प्रतिगमनकारी मात्र होइनन्, महाप्रतिगमनकारी: जसपा नेता  महतो

  • बुधवार, माघ ७ २०७७

  • काठमाडौँ

  • 487
    SHARES

  • ओली प्रतिगमनकारी मात्र होइनन्, महाप्रतिगमनकारी: जसपा नेता  महतो

    जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनकारी मात्र नभएर महाप्रतिगमनकारी रहेको आरोप लगाएका छन् । संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले सप्तरीको राजविराजमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले लोकतन्त्रलाई धरापमा पार्ने काम गरेकाले ओलीको पतन एकदमै आवश्यक रहेको बताए ।  

    प्रधानमन्त्री ओलीले यसअघि संविधानमा मधेशको अधिकारविना संविधान जारी गरेर प्रतिगमन गरेका थिए भने पछिल्लो समय पुस ५ गते प्रतिगमन गरेको उनले आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएकाले त्यसको अन्त्य निश्चित छ ।’

    images

    संविधान निर्माण गर्नेबेला मधेशीको हत्या गर्ने ओली हत्यारा समेत रहेका भन्दै नेता महतोले मञ्चबाटै केपी ओली मुर्दावाद भनि नारा लगाएका थिए । 

    मधेशका लागि कम्युनिस्ट र काँग्रेस उस्तै–उस्तै पार्टी रहेको भन्दै उनले कम्युनिस्ट र काँग्रेसको विकल्पमा जसपा नेपाल गठन भएको धारणा राखे । उनले भने, ‘मधेशी जनतालाई कम्युनिस्ट र काँग्रेसले विभिन्न लोभमा फँसाउने षड्यन्त्र गरिरहेका छन् त्यसमा कुनै पनि हालतमा फस्नुहुँदेन ।’

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै