Logo

आजदेखी आइपिएल युएईमा सुरु, उद्घाटन खेलमा चेन्नई र मुम्बै भिड्दै



टि.२० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग ९आइपिएल० आजदेखि सुरु हुँदैछ । यस वर्षको आइपिएल यएईमा हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने भने कडा स्वास्थ्य प्रोटोकलका साबधानी अपनाइनेछ ।

आज हुने उद्घाटन खेलमा गत सिजनको साबिक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ ।

हाल सम्मको आइपिएलमा सबै भन्दा धेरै फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो उद्घाटन खेल रोचक हुने हुने छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ । चेन्नई र मुम्बईबीचका अहिलेसम्मका हेड टु हेड हेर्दा यी दुई टिम २८ पटक प्रतिस्प्रधि बनेका छन् । जसमा मुम्बईले १७ खेल जितेको छ भने चेन्नईले ११ खेल जितेको छ ।

मुम्बई आइपिएल इतिहासमा सबै भन्दा धेरै उपाधि हात पार्ने टिम हो । मुम्बईले आइपिएलमा अहिले सम्म ५ पटक फाईन खेलेको छ । जसमा ४ पटक उपाधि हात पारेको छ भने यता चेन्नईको पनि आइपिएल इतिहास राम्रै छ । चेन्नईले पनि तीन पटक आईपिएल उपाधि जितेको छ भने ८ पटक फाईनल खेलेको छ ।

प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार  ८ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।