images

हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

  • 700
    SHARES

  • हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

    हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति ३ बजे निधन भएको हो ।गत भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार हुन नसकेपछि वीपी स्वास्थ्य विज्ञा प्रतिष्ठान रेफर गरिएकाे थियो ।

    असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएकोमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएकाे हतुवागढी गाउँपालिकाले जनाएकाे छ ।

    images images

    गाउँमा बिरामी परेपछि सुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएकी उनलाई थप उपचारका लागि विराटनगर लगिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले बताए । अध्यक्ष राईका अनुसार उनी सामान्य ज्वरो र पखालाबाट बिरामी परेकी थिइन्।

    बिरामी भएपछि जन्डिससमेत देखिएर गम्भीर बिरामी भएकी उपाध्यक्ष राईलाई तत्कालै विराटनगर लगिएको थियो। राई तत्कालीन नेकपा एमालेबाट उपाध्यक्षमा विजयी भएकी थिइन् । राईको निधनमा गाउँपालिकाले दुस्ख व्यक्त गरेको छ।

    images
    images
    images
    images
    images
    images
    शनिवार, आश्विन ३ २०७७१०:१९:२१

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै