Logo

सुदूरपश्चिमको सान्त्वना जित, प्रतियोगिताबाट बाहिरियो



प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सान्त्वना जित निकाल्दै बाहिरिएको छ । 

आइतबार काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले प्रदेश-२ लाई ४ विकेटले पराजित गरेको हो । प्रदेश २ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।

सुदूरपश्चिमको जितमा सञ्जु दमाईले सर्वाधिक ५७ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, खडक बोहोराले ४३ र गजेन्द्र बोहोराले ३९ रन जोडे ।

प्रदेश-२ का कुमार थापाले ३ तथा हरिशंकर शाहले २ विकेट लिए । विवेक यादव र रवि शाहले समान एक/एक विकेट लिए । 

त्यसअघि सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा १ सय ९५ रन जोड्दा अलआउट भयो । प्रदेश-२ का लागि हरि शंकर शाहले ६० रनको योगदान दिएपनि जितको हार टार्न भने सकेनन् । त्यस्तै, विवेक यादवले ४१ रनको योगदान दिए ।

सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले तिन तिन विकेट लिए । अरुण ऐरिले २ विकेट लिए ।

प्रतियोगिताका म्यान अफ द म्याच सञ्जु दमाई घोषित भए । 

प्रकाशित मिति : माघ ११, २०७७ आईतबार  ३ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।