Logo

प्रधानमन्त्री कप: बाग्मती र लुम्बिनीको खेल बराबरी



प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेश र लुम्बिनी प्रदेशले बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

बाग्मतीले दिएको २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ४८ औँ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र २२० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको हो । लुम्बिनीका लागि प्रकाश केसी र कप्तान कृष्ण कार्कीले सर्वाधिक ४१ रनको इनिङ्ग खेलेपनि जित दिलाउन भने सकेकन् । यस्तै, सौरभ खनाल देब खनाल २६, सन्दीप सुनुवार २५, सन्दीप रजाली ११ र प्रनित थापा मगरले ९ रनको योगदान दिए ।    

बाग्मतीका लागि विपीन आचार्यले चार तथा गौतम केसी दुई तथा रामनरेश गिरी, इशान पाण्डे र तिलक तिलक भण्डारीले समान एक/एक विकेट लिए । 

यसघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बाग्मतीले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २२० रन बनाएको थियो । बाग्मतीका लागि अदिल खान र इशान पाण्डेले अर्धशतकीय पारी खेलेका थिए । अदिलले ८७ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५५ रन बनाए । त्यस्तै, पाण्डेले ५३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रन जोडे । बाग्मतीका लागि अन्य खेलाडीहरु आकाश थापा ३९, पृथु बाँस्कोटा २९, कप्तान ज्ञानेन्द्र मल्ल १४, नन्दन यादब ११, गौतम केसी ८, र रामनरेश गिरीले ३ रनको पारी खेल्दा अन्य खेलाडी बिबस्थु थापा र बिपीन आचार्य शुन्य रनमा आउट भए ।  

लुम्बिनीका लागि दिपेन्द्र रावतले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, कृष्ण कार्की र सन्दिप सुनारले समान दुई/दुई तथा बिक्रम भुसाल र अनिल खरेलले समान एक/एक विकेट लिए ।  

प्रकाशित मिति : माघ ११, २०७७ आईतबार  ४ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।