Logo

बेहुला बन्दा यस्तो देखिए बरुण



अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसँग विवाह गरेका छन् । आइतवार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । अलीबागको द म्यानसन हाउस रिसोर्टमा भएको विवाह समारोहमा दुई पक्षका नजिकका साथी र परिवारको मात्र उपस्थिति रहेको थियो ।

वरुण र नताशाको लभस्टोरी ‘बि टाउन’ मा निकै चर्चामा रहेको थियो । उनीहरु एकअर्कालाई बाल्यकालदेखि जान्दथे । 
 
अध्ययन पूरा भएपछि उनीहरुको फेरि भेट भएको थियो र दुवै प्रेममा डुबेका थिए । कयौं वर्ष प्रेम सम्बन्ध लुकाएपछि वरुणले नताशासँगको प्रेम स्वीकार गरेका थिए । उनीहरुले विवाहलाई निकै प्राइभेट राखेका थिए । तस्विरमा वरुण र नताशालाई दुलहा-दुलहीको भेषमा निकै सुन्दर देखिएको छ । 

fdgfdhgfdhgdfhdfhdfh.JPG

 

 

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  ११ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।