Logo

नेपाल पुलिस क्लवलाई प्रदेश-२ को सामान्य लक्ष्य



प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा प्रदेश-२ ले नेपाल पुलिस क्लवलाई १ सय ७० रनको सामान्य लक्ष्य दिएको छ ।

सोमाबर मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश-२ ले निर्धारित ४७ ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ६९ रनमा समेटिएसँगै पुलिसले १ सय ७० रनको विजयी लक्ष्य पाएको हो ।

ओसिलो पिचका कारण केहि समय ढिला सुरु भएको खेल ५० ओभरबाट झारेर ४७ ओभरमा छोट्त्याईएको थियो ।  

प्रदेश-२ का लागि हरिशंकर शाहले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, हिमान्सु दत्तले १६, अदिल अनसारी १५, कप्तान सुरज कुर्मी १३ तथा रबि सिह र बिशालले समान १२/१२ रनको योगदान दिए । 

प्रदेश-२ लाई सस्तैमा समेट्न नेपाल पुलिसका ललित राजबंसी एक्लैले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, सगर ढकालले २ तथा पवन सराफले एक विकेट हात पारे ।

अबको केहीबेरमा पुलिस जवाफी ब्याटिङमा उत्रदै छ । 

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  १२ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।