सोमवार, माघ १२ २०७७
काठमाडौँ
देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाहको ठुलो भुल थियो । देशभक्त भएको कारण नै राजा ज्ञानेन्द्र शाह सत्ताबाट बहिर्गमन हुनुपर्ने अवस्था आएको भन्ने कुरा मैले बारम्बार भनिरहेको छु ।
श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह वंश मारिए किन ? मदन भण्डारी र जीवराज आस्रित मारिए किन ? यी सबै घटनाक्रम हरुलाई राजा ज्ञानेन्द्र शाहले नजीकबाट नियालेर मनन गर्नुपर्ने र बुझ्नुपर्ने हो । राजनीतिक दलहरूका नेताहरूले मुलुक संग विश्वासघात र मुलुकको अहितमा काम गरेपनि भएको छ । विश्वासघात गर्नेहरुको पछि नै नागरिकहरु लागेका छन । ताली दुई हातले बज्छ एक हातले बज्दैन भन्ने कुरा सबैलाई थाहा छ यसकारण राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर संभव छ ?
एक्काइसौं शताब्दीमा राजा ज्ञानेन्द्र शाहले श्री ५ महेन्द्र शाहको जस्तो सोच लिएको कारण नै सत्ता छोडनुपर्ने परिस्थिति बनेको हो । अब राजा ज्ञानेन्द्र शाहले दीर्घकाल सम्म आफ्नो नाति हृदयेन्द्र शाहलाई सत्तामा टिकाउन भावी रणनीति बनाएर अघि बढनुपर्ने आवश्यकता छ ।
केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल आदि आदि जस्ता नेताहरूलाई सत्ता कति प्यारो हुँदोरहेछ भन्ने कुरा नेपाली नागरिकहरुले बुझे कि बुझेनन ? यदि नेपाली नागरिकहरुले नबुझेको भए वास्तविक रूपमा नै नेपाली नागरिकहरु अबुझ हुन् ।
सत्ताको स्वार्थ, सत्ता प्यारो र सत्तामा टिकिरहन केपी शर्मा ओलीले संसद भंग गर्न सम्म पछि परेनन्। सत्तामा जानको लागि २०७७ साल माघ ०९ गते पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले काठमाडौमा शक्ति प्रदर्शन गरे । सत्तामा जानको लागी नै पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूलाई के गरौं र कसो गरौं छटपटी भएको छ । केपी शर्मा ओलीले गर्दा भोक प्यास र रातको निन्द्रा समेत हराएको छ । हुन त सत्तामा भएको मजा नै बेग्लै छ । रातदिन सेनाहरु, प्रहरीहरु र सशस्त्र प्रहरीहरुले सलाम ठोकिरहन्छन जताततै ४०र५० जनाको सुरक्षा गार्ड लिएर हिंडन पाइन्छ, सुविधा सम्पन्न गाडीहरूमा साइलेन्सर बजाएर हिंडन पाइन्छ, मान सम्मान पाइन्छ, राज्यको खर्चमा नै प्लेनमा विभिन्न ठाउँहरुमा भ्रमण गर्न पाइन्छ र सुख सुविधा र बिलासिता जीवनको उपभोग र आनन्द लिन पाइन्छ यसलाई कसले बिर्सन सक्नु ?
राजा ज्ञानेन्द्र शाहले मुलुकको हितमा अडान लिइ देशभक्त बने तर ज्ञानेन्द्र शाहले सत्ताको मोह र लोभलालच नगरी सत्ता त्याग गर्न पछि परेनन् । मुलुकलाई राजा ज्ञानेन्द्र शाहको कति खाँचो र महत्त्व छ भन्ने कुरा नेपाली नागरिकहरुले मुल्यांकन गर्न सकेनन् ।
राजा ज्ञानेन्द्र शाह महान हुन्, यसकारण राजा ज्ञानेन्द्र शाहलाई राम भगवान र बुद्धको अवतार पनि भन्न मिल्छ । पहिले पहिलेका बुढाबुढीले राजालाई विष्णुको अवतार पनि भन्ने गर्थे भनाइ वास्तविक रहेछ ।
प्रायःजसो नेपाली नागरिकहरु अवसरवादी र ताक परे तिवारी नत्र गोतामे छन् यसकारण राजा ज्ञानेन्द्र शाहलाई मेरो सुझाव र सल्लाह के छ भने, अब देशभक्त जति बन्नु बनिसक्नु भयो, देशभक्त भएर काम छैन आफ्नो दुनो सोझाउनु होस् र नाति हृदयेन्द्र शाहलाई राजगद्दीमा बसाल्ने तर्फ भावी रणनीति बनाउनुहोस् ।
लेखक:
स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा
हेटौंडा उपमहानगरपालिका -०२