Logo

राजनीति

देश समृद्धिको दिशामा अधि वढिरहेको  प्रधानमन्त्री ओलीको दावी



प्रधानमन्त्री केपी शर्मा ओलीले देश देश समृद्धिको दिशामा अधि वढिरहेको दावी गरेकाछन् । सोमबार दाङको सिसहनीयामा नवनिर्मित पुलको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले  मुलुकले सुशासन र विकासको लय समातेको भन्दै त्यसलाई कसैले रोक्न  नसक्ने दावी गरे ।

पुल समय मै निर्माण हुनु लाइ  उदाहरणको रुपमा प्रस्तुत गर्दै ओलीले  कोभिड-१९ ले पनि विकास निर्माणमा केही अपठ्यारा ल्याएपनि आफुहरु ति प्रतिकुल्ता लाई चिरेर अगाडी बढेको दाबी गरे।

केही विरोधी र अस्थिरतामा रमाउनेहरुले आफुलाई साधारण सदश्यबाट निस्कासन गरेको भन्दै हास्यास्पद गतिविधि गरिरहेको आरोप लगाए । उनले आफु असफल हुदा केही फरक नहुने तर देशलाई असफल हुन नदिने प्रतिवद्दता व्यक्त गरे । उनले  गलत  तत्वलाई निर्वाचित नगर्न समेत आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सोमबार दाङको सिसहनिया-गढवा जोड्ने ८६५.४० मिटर लामो पुलको उद्घाटन गरेका हुन्। यो नेपालकै दोस्रो लामो पुल हो।

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  ४ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।