Logo

राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति 



नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । आज (सोमबार) एक विज्ञप्ती निकाल्दै कांग्रेसले प्रधानमन्त्री ओलीको संसद् विघटनको विरोध गर्नेहरू देशविरोधी हुन भन्ने   अभिव्यक्तिप्रति  आपत्ति जनाएको हो । 

‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ ।

फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो ।,ुप्रवक्ता विश्वप्रकाश शर्माको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ

142750909_409550440133236_1832695176545817602_n.jpg

 

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  ४ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।