सोमबार ३३९ जना संक्रमित थपिए

सोमबार ३३९ जना संक्रमित थपिए

  • सोमवार, माघ १२ २०७७

  • काठमाडौँ

  • 439
    SHARES

  • सोमबार ३३९ जना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा देशभर थप ३३९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

    सोमबार ४ हजार ८५८ जनाको स्वाब परीक्षण गर्दा  १३३ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    images

     सोमबार थप ४०१ जना डिस्चार्ज भएका छन् । यो ९८.१ प्रतिशत हो । हालसम्म नेपालभर २ लाख ६४ हजार ५३८ जनाले कोरोना जितेका छन् ।

    सोमबार थप १० जनाको मृत्यु मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।  यस्तै १३२ जना क्वारेन्टिनमा छन् भने ३ हजार २४० जना आइसोलेसनमा छन् ।

    अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २४० छ ।

     

    सोमवार, माघ १२ २०७७०४:४९:२३
    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै