कसैले चाहेर पनि पार्टी फुटाउन सक्दैन : ईश्वर पोखरेल

 कसैले चाहेर पनि पार्टी फुटाउन सक्दैन : ईश्वर पोखरेल

  • 427
    SHARES

  •  कसैले चाहेर पनि पार्टी फुटाउन सक्दैन : ईश्वर पोखरेल

    उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका नेता ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताएका छन् ।

    सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँमा हुने जनसभाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनसभा राजनीतिक स्थायित्वको पक्षमा तथा अस्थिरता सिर्जना गर्ने प्रयत्नको विरुद्धमा आयोजना गरिएको बताए । संविधानको रक्षा, आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त भइरहोस् भन्नका निम्ति जनसभा आयोजना गरिएको पनि उनले स्पष्ट पारे ।

    images

    उपप्रधानमन्त्री पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए अहिलेको विषय टार्न सकिने उनको भनाइ छ ।

    उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानूनी रुपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको पनि बताए । आफूहरुले पार्टीबाट कसैलाई निष्कासन नगरेको भन्दै उनले कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताए । आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाइ छ ।

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै