Logo

विविध

धुम्बाराहीस्थित भिभोर होटेलमा २७ बर्षीय युवकको रहस्यमय मृत्यु, आफन्तको रुवाबासी



काठमाडौँको धुम्बाराही स्थित भिभोर होटेलमा २७ बर्षीय पुरुषको रहस्यमय मृत्यु भएको छ ।

सोमबार बिहान घरबाट निस्केका युवक एक युवतीसँगै धुम्बाराहीमा अबस्थित भिभोर होटेलमा छिरेका थिए । होटेलमा निकैबेरसम्म पनि सम्पर्कमा नआएपछि ढोका खोल्नुस् भन्दा उनीसँगै रहेकी युवतीले निज युवकको मृत्यु भएको भनेपछि होटलले प्रहरीलाई खबर गरेको होटेलका एक अधिकारीले बताए ।   

युवकको मृत्यु भएपछि उक्त क्षेत्रमा ठुलो संख्यामा मृतकका आफन्तहरुको भीड लागेको थियो । होटलवालाकै मिलेमतोमा मृत्यु भएको हुन सक्ने भनेर आफन्त हरुले केहीबेर होटेल घेराउ समेत गरेका थिए । अहिले उक्त क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  

मृतकको शरीर पोष्टमार्टमका लागि लगिएको छ भने, उक्त मृतकसँग आएकी युवती पुलिस हिरासतमा रहेकी छिन् ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  ५ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।