Logo

राजनीति

तरुण दलका स्थानीय नेता सिंहलाई कुटपिट गरी हत्या गरेको घटनाप्रति कांग्रेसको भत्सर्ना



नेपाली काँग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।

बुधबार नेपाली काँग्रेसका मुख्य सचिव  कृष्णप्रसाद सिटौलाले बिज्ञप्ति जारि गर्दै उल्लेख गरेका छन्,”छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा हिजो मंगलबार साँझ उहाँलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।  

नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनामा संलग्न आक्रमणकारीहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।

सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय हो । पछिल्लो क्रममा नेकपाका कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका नेता÷कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका घटनाहरु आइरहेका छन् । नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौति दिन थालेका छन् । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ । बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

Magh 14, Bajhang - Attack - Death Amrit Bahadur Singh.jpg

प्रकाशित मिति : माघ १४, २०७७ बुधबार  ३ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।