Logo

रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टसको सानदार जित



स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रेको युभेन्टसको कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युभेन्टसको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविना एसपालमाथि ४–० को फराकिलो जित निकालेका हो । युभेन्टसको फराकिलो जितमा अल्भारो मोराटा, जियानलुका फ्राबोट्टा, डिजान कुलुसेभ्स्की र फेडरिको चियसाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान २ गोल भएको थियो।

एलिएन्ज स्टेडियम टोरिनोमा घरेलु टोलीले खेलको १६औं मिनेटमा अल्भारो मोराटाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । 

त्यस्तै ३३औं मिनेटमा जियानलुलका फ्राबुट्टाले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई शुन्यले अघि रहेको घरेलु टोलीले दोस्रो हाफको ७८औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै जिततर्फ अग्रसर गराए ।

निर्धारित ९०औ मिनेटको खेलमा सकिनै लाग्दा चियसाले गोल गर्दै युभेन्टसलाई ४–० को फराकिलो जित दिलाए । 

अब युभेन्टसले सेमिफाइनलमा इन्टरमिलानको सामना गर्नेछ ।

प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार  ७ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।