Logo

म्यानचेस्टर युनाईटेड पराजित



इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।

बुधबार राति भएको खेलमा युनाईटेड पुछारको सेफिल्ड युनाईटेडसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै पाहुना टोलीलाई सेफिल्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक शुन्यले पछि परेको युनाईटेडले दोस्रो हाफको ६४ औं मिनेटमा गोल गर्दै १-१ गोलमा लेराए । त्यसपछि खेलको ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई २-१ को जित दिलाए । बाँकी समय खेलमा गोल हुन नसक्दा पराजित भएको हो । 

घरेलु मैदानमा पराजित भएसंगै युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको युनाईटेडको २० खेलमा ४० अंक रहेको छ । लिग लिडर म्यानचेस्टर सिटीको ४१ अंक रहेको छ । सेफिल्ड ८ अंक जोडेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार  ९ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।