Logo

राजनीति

प्रचण्ड-नेपाल समूहले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे: ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई वर्षका लागि प्रधानमन्त्री बन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरेको दावी गरेका छन् ।

नेपाल भुमिहिन सुकुम्बासी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूह समूहले देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका हुन । सभापति देउवा र नेकपा अध्यक्ष माधवकुमार नेपालको भेटवार्ताका क्रममा अध्यक्ष नेपालले देउवालाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको ओलीको दावी छ ।

प्रधानमन्त्री ओलीले भने– ‘अस्ति माधव नेपाल १८ गते शेरबहादुर देउवाजीकाँ गका थिए । रामका अगाडि हनुमान घुँडा टेकेर प्रणाम गर्छन् नि माधव त्यसरी नै बसेका थिए । अब दुई वर्षको प्रधामन्त्री तपाई नै हो । तपाईलाई नै दिन्छौं । दुई वर्षको प्रधानमन्त्री खानुस लेखेर दिन्छौं । सही गरेर दिन्छौं भनेर निस्के ।’

प्रकाशित मिति : माघ २१, २०७७ बुधबार  ६ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।