ट्याक्सी चालकको प्रश्न-के हामी यो देशका नागरिक होइनौं ?

ट्याक्सी चालकको प्रश्न-के हामी यो देशका नागरिक होइनौं ?

  • 1.3K
    SHARES

  • ट्याक्सी चालकको प्रश्न-के हामी यो देशका नागरिक होइनौं ?

     सुजाता अम्गाई 

    हरेक राजनीतिक दलका नेताहरुले गर्ने भाषणको श्रीगणेश नाना, छाना र मानाविहीन जनताका नाममा समर्पित हुन्छ । पदको सपथ खाँदा देश र जनताको भलो चिताउने प्रण गर्छन् । हुँदा हुँदा बन्द, हडताल, तोडफोड र शक्तिप्रदर्शनको कार्यक्रम जनताकै खातिर गरेको दावी गर्छन । तर त्यही नेपाल बन्द र शक्तिप्रदर्शनको पहिलो आक्रमणको निशाना एउटा मजदूर हुनपुग्छ । बन्दको बोहोनी हातमुख जोर्न सम्पूर्ण सम्पति बन्धकी राखेर किनेको एउटा ट्याक्सी झोसेर गरिन्छ ।

    images

    यो पहिलो होइन, सधैं हुने बन्दको स्थायी अन्तरा यही नै हो । जुनसुकै दलले गर्ने बन्दमा तरकारी बोकेको गाडी, खाद्यान्न बोकेको ट्रक, विरामी बोकेको एम्बुलेन्स पर्ने गर्छ । यसपल्ट पनि यस्तै भयो । ट्याक्सीचालकले एकाविहानै एउटा सहकर्मीका गाडी खाग भएको समाचार सुन्नुपर्यो  । यो आघातले उनीहरुका आँखा ओभाएका छैनन् । त्यो प्रहार आफ्नो शरीरमा झीर रोपेभन्दा बढी उनीहरुलाई दुख्छ ।

    नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि मुलुकमा हरेक दिनजसो हुने गतिविधि व्यवसायमैत्री छैनन् । महिनौंसम्म लकडाउनबाट पीडित मुलुकको अर्थतन्त्र चलायमान होला कि भन्ने आश यस्तै गतिविधिले मारिदिने गरेका छन् । दिनभरि काम गरेर बेलुकी ताउलो तताउने वर्ग आजित बन्दै गएका छन् । अनलाइनपानाले यिनै वर्गमध्येका ट्याक्सी चालकको मर्म कोट्याउने प्रयाश गरेको छ । 

    ट्याक्सीचालक कर्णबहादुर थापामगर भन्छन- ‘घरपरिवार, बाउआमा, सन्तान भनेकै यही मेरो ट्याक्सी हो । यसैमाथि प्रहार भएपछि मैले कसरी सहन सक्छु ?’ थुप्रै ट्याक्सीचालकको समान भोगाइ हो यो । उनीहरुले बुझेका छैनन– ‘पसिना बगाएर बाँच्ने निरीह वर्गमाथि किन यस्तो प्रहार हुन्छ ?’ एकथान कुर्सी प्राप्तिका लागि गरिबमाथि प्रहार गरिने यस्ता कर्मप्रति उनीहरुको चित्त दुखाई छ ।

    Capture.JPG

    अर्का चालक तुलबहादुर खपाङगी मगर भन्छन-‘झगडा गर्ने भए सिंहदरबारमा गएर गर । बाटामा किन तमासा देखाउँछौं ?’

    Capture.JPG

     

    सानै उमेरबाट ट्याक्सी चलाउँदै आएका दीपक थापामगरलाई मानवोचित व्यवहार नपाएकोमा दुख लागेको छ । ‘घरबाट निस्कँदा जिउँदो या मरेको कसरी फर्कने ठेगान हुन्न । त्रासका कारण जहान परिवारले निस्कनै दिँदैनन । कमाएको मध्येबाट साहुलाई बुझाउन पर्यो । जहान पाल्नुपर्यो । पुलिसले उत्तिक्कै दुख दिन्छ । कोरोनाले बैंकको व्याज झन्झन् बढेर चौपट भयो । बन्द हडतालमा त झन् हामीले गरी खाने साधनमै आगो लगाएपछि झन् हाम्रो के गति होला ?’ चालक दीपक तामाङ प्रश्न गर्छन् । 

    Capture.JPG

    प्रत्यक्ष आँखाले ट्याक्सीमा आगो झोसेको देखिए पनि त्यो आगोले मानवआत्मा पोलेको छ । त्यसको असर चुलोमा परेको छ । डालो, नाङलोमा सानो पसल थाप्नेदेखि लिएर लाखौंको सर्टर भाडामा लिएकाहरु समेत बन्दबाट आजित र आक्रोशित छन् । बन्दलाई सधैंका लागि बन्द गर्ने दलहरुको प्रतिवद्धता पानीले पानीमै पानीको बखान लेखेजस्तै भएको छ ।

    शुक्रवार, माघ २३ २०७७०६:०५:२६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै