Logo

बैंकिङ

नेप्सेले सोध्यो सिभिल बैंकलाई स्पष्टिकरण 



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिभिल बैंकलाई हिमालयन बैंकसँग मर्जको समचार आएपछि स्पष्टीकरण सोधेको छ । बैंकले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा आएको समाचार आज बाहिरीएको छ । सोही अनुरुप वास्तविकता के हो भनि स्पष्टिकरण सोधेको हो । नेप्सेले त्यसको जानकारी सोमबार ११ बजे अगाडि नै दिन निर्देशन दिएको छ ।

बैंकको विषयमा सञ्चारमा माध्यममा आएको समाचार धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को ‘च’ बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मुल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ भन्ने व्यवस्था रहेको छ ।

उक्त व्यवस्था बमोजिम सो सम्बन्धी सूचना तथा जानकारी बैंकबाट प्राप्त नभएको भन्दै उक्त विषयमा कम्पनीको भनाइ के छ ? त्यसको जवाफ सोमबार बजार खुल्नुअघि नेप्सेमा आईपुग्नेगरी पठाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  ४ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।