आइतवार, माघ २५ २०७७
काठमाडौँ
प्रदेश १ सभाको बैठक २ मिनेट बसेर स्थगित भएको छ .।
बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव सदनमा पेस गर्ने कार्यसूची तय गरेको थियो। चार घण्टा बढी चलेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वास प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको थियो।
१८ दिनपछि बोलाइएको बैठक बोलाइए पनि नेकपा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो। प्रचण्ड–माधव समूह भने आज जसरी पनि अविश्वासको प्रस्ताव संसद्मा पेस गर्नुपर्ने अडानमा थियो।
बैठक आगामी ९ गते बस्ने आइतबार बस्ने जनाइएको छ।