बादललाई विना मगरको चेतावनी

बादललाई विना मगरको चेतावनी

  • 3.9K
    SHARES

  • बादललाई विना मगरको चेतावनी

    गृहमन्त्री रामबहादुर थापा बादललाई पूर्वमन्त्री विना मगरले चेतावनी दिएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेतृत विनाले बादलले शुक्रबार आयोजित सभामा दिएको अभिव्यक्तिको आलोचना गर्दै कडा चेतावनी दिएकी हुन् ।

    उनले बादललाई हेक्का राख्न भनेकी छिन् । प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वाँस दिएको भन्दै बादलको गर्जन क्षणिक हुने तर्क गरेकी छिन् । नेकपा विभाजनपछि पूर्व माओवादी बादल ओली समूहमा गएपछि उनी कडा रुपमा प्रस्तुत हुँदै आएका छन् ।

    images

    सामाजिक सञ्जालमा लेख्दै प्रचण्डकी बुहारी विनाले भनेकी छिन् :

    आज मौसम कठ्यांग्रिदो चिसो बोकेर आयो।
    हिमपात,केही बर्षा,अनि सितलहरले दिन भरजसो देस, मुटु नै काप्ने चिसोमा,पारिलो घामको न्यानो खोजिनै रहयो।
    सन्दर्भ पनि क्या गजबको।
    आज बादल क्षितिजमा हैनकी,नारायणहिटी दरबार अगाडी गर्जिएछ।
    बादललाई बादल बनाउने धरातल माथि ब्याड्ंग्य कसदै
    प्रचण्डलाई चिडियाखाना पुर्याउने ध्वास दिएछ।
    हेक्का रहोस
    बर्षात अघि गर्जिने बादल क्षणिक हुन्छ।
    मौसम उर्घिए संगै बादल फाटेको क्षितिज निकै सुन्दर हुन्छ।

    जसपाका नेताद्वय महन्थ ठाकुर र यादव दिल्ली प्रस्थान

    जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजकिशोर यादव आज (सोमबार) दिल्ली प्रस्थान गरेका छन् ।

    अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेका भने नेता यादव काठमाडौंबाट सिधै दिल्ली उडेका हुन् । देशमा राजनीतिक संक्रमण बढिरहेको बेला जसपा नेपालका दुई नेताहरु दिल्ली प्रस्थान गरेको अर्थपूर्ण मानिएको छ ।

    तर, नेताहरुको भ्रमण राजनीति नभई व्यक्तिगत रहेको जनाइएको छ । अध्यक्ष ठाकुर नियमित स्वास्थ्य जाँचका लागि दिल्ली गएका हुन् भने नेता यादवको व्यक्तिगत भ्रमणमा रहेको जनाइएको छ ।

    ‘वातावरण विस्तारै सकरात्मक दिशातिर गयो, जनताले जित्नेतिर गयो’  : प्रचण्ड

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब जनताले जित्नेगरि वातावरण सकारात्मक बनेको स्पष्ट पारेका छन् । उनले आफूहरुले प्रधानमन्त्री ओलीको प्रतिगमनको विरुद्धमा पुष ५ गतेबाटै सडकमा गएको सुनाए । उनले अरु साथीहरुलाई सडकमा आउनुहोस भनेर पर्खेर नबसेको स्मरण गराए ।

    आज एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकमा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘वातावरण विस्तारै सकारात्मक बन्दै गएको छ । मैले अहिले सबै आँकडा त यहाँ भन्न मिल्दैन् । र, सम्भवपनि छैन् । अब जनताले जित्नेगरि वातावरण बनेको छ । फेरि प्रतिक्रान्तिहरुले हार्ने दिशातिर अघि बढेको छ । पर्सी २८ गतेको कार्यक्रम हामीले ऐतिहासिक रुपमा सफल पार्नुछ । 

    तपाईँहरु अहिले काठमाडौंमा हुनुहुन्छ, यहाँहरुले पर्सीको कार्यक्रमको लागि बढिभन्दा बढि जनतालाई उठाउने, किनभने केपी ओली चाहीँ अब रक्षात्मक हुनेतिर गैसक्यो । उनीहरुको अब डिफेन्सिभ हुनेतिर गैसके, उनीहरुले धाकधक्कु त धेरै लगाए, तर, छिरलेर मान्छे राख्दा पनि उनकै सेक्युरिटीले ३० हजारदेखि ३५ हजारभन्दा बढि थिएनन् भनिदिएपछि उनीहरुबीच आँफै आँफैबीच गाली गरागर भएको पनि मैले देखेको छु ।’

    सोमवार, माघ २६ २०७७०४:५६:२४

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै
    images
    images
    ताजा अपडेट