कांग्रेस नेता जोशीले देखाएको बाटो 

कांग्रेस नेता जोशीले देखाएको बाटो 

  • 1.1K
    SHARES

  • कांग्रेस नेता जोशीले देखाएको बाटो 

    कांग्रेसका पुराना नेता गंगादत्त जोशीको देहान्त भएको छ । उनको देहावसानसंगै सुदूरपश्चिममा कांग्रेसको एउटा युग ढलेको छ । उनी अघिल्लो पुस्ताका संघर्षशील र इमानदार नेता थिए । राणाविरोधी आन्दोलनदेखि अहिलेसम्म लोकतन्त्रका लागि उनको पहरेदारी सधैं अटुट र अविस्मरणीय रहँदै आएको छ । ०७ सालको क्रान्ति शुरु हुनुभन्दा एक वर्षअघि उनले राजनीतिमा पाइलो हालेका थिए । 

    बीपी, गणेशमानसिंहको लोकतन्त्रप्रतिको प्रतिवद्धताले उनलाई राजनीतिको बाटोमा डोर्याएको थियो । ०१४ सालको भद्र अवज्ञा आन्दोलन होस या पञ्चायत विरोधी आन्दोलन यी सबैमा उनी अग्रपंक्तिमा अगाडि थिए । तन, मन, धनले कांग्रेसलाई सघाउनु आफ्नो कर्तव्य ठानेका थिए । कांग्रेसका लागि उनको घर खेलखोर थियो । पार्टीका नीतिगत र आन्दोलनका घोषणा उनको घरबाट हुन्थ्यो । 

    images

    प्रजातन्त्र सेनानी जोशी डडेलधुराको रुपाल नौतडीमा जन्मिएका हुन् । लोभ उनको शब्दकोषमै थिएन । बीपी, गणेशमान र दौतरी नेतालाई बास बसाउन उनले घरमा छुट्टै आवासको व्यवस्था मिलाएका थिए । आफ्नो माटोलाई माया गर्ने जोशीले अन्तिम देह पनि गाउँमै विसाए । राष्ट्रियसभा सदस्यसम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे । जीवनको अन्तिम अवस्थासम्म उनको एउटै संकल्प थियो– ‘लोकतन्त्रका लागि ज्यान दिन तयार छु ।’ 

    राजनीतिसंगै समाजसेवा उनको ठूलो योगदान छ । शिक्षाक्षेत्रमा त झन् उनको योगदान भुलियो भने सुदूरपश्चिमको शिक्षाको जगमै खाल्डो पर्छ । स्थानीय शैक्षिक जागरणदेखि सुदूरपश्चिम विश्वविद्यालय स्थापनामासमेत नेता जोशीको ठूलो योगदान छ । जोशी राजनीतिक संघर्षको अर्को नाम हो ।

    पञ्चायतविरुद्धका लडाईंमा थुप्रै पटक जेल सजाय भोगेका जोशी बहुदल आगमनपछि पनि लोकतन्त्रको चीरस्थायीका विषयमा चिन्तित थिए । उनले देखाएको इमानको बाटो नै वर्तमान पुस्ताले दिवंगत जोशीबाट लिनुपर्ने गुरुमन्त्र हो । 

    बुधवार, माघ २८ २०७७०६:०७:३८

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै