सरकारलाई सुनाउन एकहोरो शंख !

सरकारलाई सुनाउन एकहोरो शंख !

  • 3.4K
    SHARES

  • सरकारलाई सुनाउन एकहोरो शंख !

    संसद विघटन र महिला हिंसाको विरोधमा स्रष्टा, कलाकार र महिलाले भिन्दाभिन्दै प्रदर्शन गरेका छन् । उनीहरुले मार्चपास, कविता बाचन, सडक नाटक मञ्चन गरिरहेका छन् । प्रदर्शन बसन्तपुरबाट सुरु भई भृकुटीमण्डपसम्म पुगेको थियो ।

    प्रदर्शनका क्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लोले बाँधेर प्रदर्शन गरेका हुन । प्रदर्शनका सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु बोकेका थिए । हरेक दिन प्रतिगमन भएको भन्दै विभिन्न पेशाका महिलावादीहरुले हिंसा र प्रतिगमन रोक्न माग गरेका छन ।

    images

    मार्चमा सहभागीहरूले प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शव बोकेर शवयात्रा गरेका थिए ।

    उनीहरुले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन ।

    andolan.jpg

     

    शुक्रवार, माघ ३० २०७७०४:०६:१८

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै
    images
    images
    ताजा अपडेट