राष्ट्रिय क्लब भलिबल टाइगर कप : आर्मीलाई पराजित गर्दै गण्डकी च्याम्पियन

राष्ट्रिय क्लब भलिबल टाइगर कप : आर्मीलाई पराजित गर्दै गण्डकी च्याम्पियन

  • 889
    SHARES

  • राष्ट्रिय क्लब भलिबल टाइगर कप : आर्मीलाई पराजित गर्दै गण्डकी च्याम्पियन

    गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।

    पोखरा रंगशालामा निकै रोमान्चक बनेको फाइनलमा पहिलो सेट गण्डकीले २५-२२ ले जितेको थियो । दोस्रो सेट २५-२१ ले जित्दै आर्मी खेलमा फर्कियो । तेस्रो सेटमा गण्डकीले ३२-३० को जित निकाल्दै २-१ को अग्रता बनायो ।

    तर, चौंथो सेट आर्मीले २५-२३ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा १५-११ को जित निकाल्दै गण्डकीले उपाधि आफ्नो बनायो ।

    images

    उपाधिसँगै गण्डकीले नगद १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामा सिमित आर्मीले ७५ हजारमा चित्त बुझायो ।

    महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार नै भएको फाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा पुलिसले डर्बी क्लब एपीएफमाथि २५-२२, २५-२२ र २५-२१ को सेटमा जित निकाल्यो ।

    उपाधिसँगै पुलिसले पनि १ लाख ५० हजार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको एपीएफले ७५ हजारमा चित्त बुझायो ।

    शनिवार, फाल्गुण १ २०७७०५:११:१४

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै