प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको कार्यसमिति विस्तार 

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको कार्यसमिति विस्तार 

  • 475
    SHARES

  • प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको कार्यसमिति विस्तार 

    अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले आफ्नो कमिटी विस्तार गरेको छ । मञ्चले आफ्नो कमिटी विस्तार गरेर १ सय ३५ पुर्‍याएको हो । साथै सल्लाहकार समितिलाई पनि बढाएर ११ सदस्यीय बनाएको छ । 

    मञ्चले नेपाल र नेपालीको हितको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई मध्यनजर गरी पछिल्लो समय नेपालमा विकसित घटनाक्रमलाई नजिकबाट नियाली रहेको पनि जारी विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि बहानामा कानुनी राज्य र विधिको शासन बिपरीतका क्रियाकलाप कसैबाट पनि हुनुहुँदैन ।

    images

    आमनेपालीको वर्षौंदेखिको ‘समृद्ध नेपाल हेर्ने चाहना र सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली समृद्ध नेपाल बनाउने आकांक्षामा कुठाराघात हुनुहुँदैन भन्ने हाम्रो ठम्याई छ’, जारी विज्ञप्तिमा भनिएको छ । प्रवासमा रहेर अर्जन गरेको सीप, ज्ञान र लगानीका माध्यमबाट नेपालको विकासमा हातेमालो गर्ने चाहना रहेको बताइएको छ । 

    नेपालको आन्तरिक राजनीतिका आधरमा विदेशमा बस्ने नेपाली पनि विभाजित हुनुपर्ने मारमा पर्नुपरेको वाध्यात्मक स्थितिलाई उजागर गरिएको छ । नेपालको आन्तरिक राजनीतिकको प्रभावले प्रवासी नेपालीलाई पनि विभाजित बनाएको र एकअर्काप्रति सद्भाव सहयोगी भाबना हरेको विज्ञप्तिमा उल्लेख छ । त्यसकारण यस्ता क्रियाकलाप्रति राज्यको नेतृत्वले ध्यान दिनुपर्ने र असंवैधानिक क्रियाकलापहरु बन्द गर्नुपर्नेमा जोड दिइएको छ । 

    प्रवासी नेपालीहरुको एकता मञ्च अष्ट्रेलियाको विस्तारित कमिटिमा ८७ नयाँ सदस्यमा अनिल अर्याल, अनिल खड्का, अरुण गौतम, अरुण श्रेष्ठ, अर्जुन पौडेल, अशिम कोइराला, अशोक केसी, अशोक थपलिया, उत्तम अधिकारी, किशोर भण्डारी, कृष्ण खड्का, कृष्ण गैरे, कृष्ण निरौला, कृष्ण सापकोटा, गणेश गौतम, चन्द्र कुँवर, चिन क्षेत्री, चिनबहादुर नेपाली, चेत गुरुङ, डा. चिजकुमार श्रेष्ठ, चेतेन्द्र मल्ल, दिक्पालदेव पंगेनी, निदेश भट्टराइ, दिपक क्षत्री, दिलिप पाण्डे, दिवाकर काफ्ले, नम्रता शर्मा, नरवीर नेम्वाङ, नारायण चौलागाईं, नारायण बस्नेत, निलम महत, पर्वत मगर, पवन आचार्य, पशुपति पोखरेल, प्रकाश पनेरु, प्रकाश सुवेदी, प्रदीप पन्थी, प्रवल बस्नेत, प्रशान्त भण्डारी, प्रेम दाहाल, प्रेम शाही ठकुरी, विकल्प रेग्मी, विजय फुयाल, विप्लब सापकोटा, विवेक थापा, विमल पाण्डे, विरोध थिङ, विशाल राना मगर, भरत टेवकोटा, भवानी पौडेल, भुपेन्द्र चुंडाल, मृगेन्द्र गौतम, मेघराज पौडेल, मेदानी ओल, मोहन शर्मा, यज्ञ रावल, यदु ओली, रमेश थापा, रमेश पाण्डे, राज तिवारी, राजन सिवाकोटी, राजु गौचन, राजेश सापकोटा, रामप्रसाद आचार्य, रामप्रसाद घले, रोशन शाक्य, लेनिन पौडेल, शंकर कोइराला, शिव पौडेल, शिशिर नेपाल, श्याम पौडेल, सृजना रायमाझी, सञ्जय घिमिरे, सन्दिप पोखे्रल, सरोज घिमिरे, सरोज नेउपाने, शागर अधिकारी, सानु घिमिरे, सीता केसी थापा, सीताराम घिमिरे, सृजना लामिछाने, सुधा गुरागाईं, सुनिल श्रेष्ठ, सुन्दर तिमल्सिना, सुरेश रेग्मी, हेम खनाल र होमनाथ निरौला रहेका छन् । प्रवासी नेपाली अष्ट्रेलियाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दै चिन्ता व्यक्त गरेको छ ।  

    मंगलवार, फाल्गुण ४ २०७७१२:५१:१३

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै