Logo

बैंकिङ

प्रभु बैंकद्वारा भानुभक्त मावि सिन्धुलीलाई कम्प्युटर सहयोग



प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।

सिन्धुली स्थित भानुभक्त माध्यमिक विद्यालय तिनकुनामा आयोजित एक समारोहमा प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरे ।

त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, विद्यार्थी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रभु बैंकद्वारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको बैंकले आगामी दिनहरुमा आप्mनो सामाजिक क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार  ४ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।