Logo

मंगलबार सुनको मूल्य ह्वात्तै घट्यो, हेर्नुस् आजको बजारमूल्य



नेपाली बजारमा मंगलबार सुन तोलामा एकैदिन १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाली बजारमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको सुन आइतबार भने स्थिर रहेको थियो ।

मंगलबार चाँदीको मुल्यमा पनि ९० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार रुपैयाँ निर्धारण गरेको छ।

चाँदीको मूल्य भने प्रतितोला १ हजार २३० रुपैयाँमा झरेको छ । सोमबार १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ तोलामा ९० रुपैयाँले घटेको हो ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  ११ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।