Logo

राजनीति

आज विराटनगरमा ओली समूहले प्रदर्शन गर्दै



प्रदेश १ को राजधानी विराटनगरमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले शक्ति प्रदर्शन र बृहत आमसभा गर्दैछ। शक्ति प्रदर्शनपछिको आमसभा स्थल विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा तयार पारिएको छ।

आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, ओली समूहका नेता सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमलाई लक्षित गरेर बिहानैदेखि विराटनगरका चोकचोकमा राष्ट्रिय भावनाले ओतप्रोत भएका र ओलीको समर्थनमा बनेका गीतहरु घन्काइएको छ। दुई साता अघिदेखिनै कार्यक्रमको तयारी थाल्दै ओली समूहले माइकिङ र प्रचारप्रसारको कामलाई तीव्र पारेर लगेको थियो। सभामा प्रदेश भरीबाट दुई लाख हाराहारी समर्थक उतार्ने ओली समूहको दाबी छ।

आमसभाका लागि विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोला लगायतका चोकबाट जुलुस निकालिने वताइएको छ।

प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार  १० : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।