विदेशमा कोरोना संक्रमणबाट थप १ नेपालीको मृत्यु

विदेशमा कोरोना संक्रमणबाट थप १ नेपालीको मृत्यु

  • 607
    SHARES

  • विदेशमा कोरोना संक्रमणबाट थप १ नेपालीको मृत्यु

    काठमाडौं । यो साता विदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना नेपालीको निधन भएको छ ।

    गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको निधन भएको हो । यो  सहित २१ देशमा निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ । 

    images

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाकाअनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

    स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । 

    आइतवार, फाल्गुण ९ २०७७०२:४१:४६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै