Logo

स्वास्थ्य

हाम्रो नेपाल, हामी नेपाली’ अभियानद्वारा डा‍‍. केसीको जीवन रक्षा गर्न माग



चिकित्सा क्षेत्रको सुधारका साथै दुर्गममा गुणस्तरीय मेडिकल शिक्षाको माग गर्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले जीवन रक्षा गर्न सरकारसँग माग गरिएको छ। 

डा. केसीका मागहरु विपन्न तथा दुर्गमका जनताका न्यूनतम आवश्यकता भएकाले पनि सरकार यसतर्फ गम्भीर बन्दै केसीको जीवन रक्षा गर्न ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानले माग गरेको हो। 

अभियानका संयोजक ज्ञानेन्द्रबहादुर शाहीद्वारा हस्तक्षरित ध्यानाकर्षण पत्रमा डा. केसीको स्वास्थ्य अवस्था र उनका मागबारे सरकारले बेवास्ता नगर्न आग्रह गरिएको छ। यदि सरकारले निमुखा जनताका पक्षमा राखिएका माग र सत्याग्रही डा.केसीको जीवनरक्षामा खेलवाड गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा सरकार आफैंले लिन चेतावनी दिइएको छ। 
नर्सका मागप्रति गम्भीर बन्न आग्रह यस्तै एक ज्ञापनपत्र मार्फत नर्सहरुले राखेका मागहरु अविलम्ब पूरा गर्न सरकारसँग माग गरिएको छ। स्वास्थ्य मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै नर्सिङ परिषद्मा आवद्ध नर्सहरुले राखेका मागहरु पूरा गर्नुपर्ने बताइएको छ।

ज्योति रानाभाटको नेतृत्वमा रहेका करिब करिब दुई सयजना नर्सहरुद्वारा थालिएको अभियान अन्तर्गत राखेका मागबारे सरकार गम्भीर नभएको भन्दै ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाहीले मंगलबार स्वास्थ्यमन्त्री नवराज रावतलाई ज्ञापनपत्र बुझाएका छन्। नर्सहरुले राखेका जायज माग तत्काल पूरा गर्न अपिल गरेका छन्। 

ऐन संशोधन, नर्सिङ क्षेत्रमा क्रियाशील नर्सहरुको सेवा सुधार, शिक्षाको व्यवस्थालगायतका मागहरु तत्काल पूरा गर्न सरकारले पहल चाल्नुपर्ने स्वास्थ्यमन्त्री ढकालसँग आग्रह गरिएको छ। यद्दपी सरकारले बेवास्ता गरे दवावमुलक आन्दोलनमा जाने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार सरकार स्वयम् नै हुने अभियानले चेतावनी दिएको छ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।