चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा, ‘लोभले लाभ, लाभले विलाप

चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा, ‘लोभले लाभ, लाभले विलाप

  • 475
    SHARES

  • चिट्ठाको प्रलोभनमा लाखौँ स्वाहा, ‘लोभले लाभ, लाभले विलाप

    राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन् । खुसीको खबर बुबासम्म पनि पुग्छ । नर्सका बुबा पनि आश्चार्य मान्दै भन्छन्, कसरी यस्तो अवसर मिल्यो ?


    अब चिट्ठाबापतको करोड रकम छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ । ह्वाट्सएपबाट सम्पर्कमा आएको अज्ञात व्यक्ति चिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क (कर) तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ र रकम पठाइन्छ । छ घण्टामा उहाँँहरूले सात लाख रुपियाँ पठाउनुभयो ।

    images


    “एक लाख कर तिर्दा करोड आउने प्रलोभनमा’ उहाँहरूले बिहीबार सुवास रुम्बा, अमितकुमार, प्रिती तुम्बापो, भोला महतो र प्रदीपकुमारसहित पाँच जनाको नाममा बिहान ११ देखि ४ बजेसम्मको अवधिमा साढे सात लाख रकम आईएमई–पेबाट पठाउनुभयो ।


    यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप केबीसी नामको आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन । खातामा पठाइदिन्छु भनेको चिट्ठा रकम नआएपछि मात्र आफूहरू अनलाइन ठगीमा परेको बल्ल नर्सलाई थाहा हुन्छ । अनलाइन ठगीसम्बन्धी उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखामा पुग्नुभएकी ती नर्स आफूजस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको बताउनुहुन्छ । यस्तै प्रकृतिको अनलाइन ठगीबाट पीडित अर्की महिलाले पनि पाँच लाख गुमाएको दुःखेसो गर्नुभयो ।
    सुन्धारामा रेडिमेट पसल सञ्चालन गर्दै आएकी ती महिलाले पनि अनलाइन चिट्ठाको लोभमा एकै दिन पाँच लाख गुमाएको पीडा सुनाउनुभयो । अनलाइन ठगीका कारण २५ हजारभन्दा माथि १० लाखसम्म गुमाएको उजुरी बोकेर महाशाखा पुग्ने पीडितको लर्को नै लाग्ने गरेको छ ।

    ‘लोभले लाभ, लाभले विलाप’
    महानगरीय प्रहरी अपराध महाशाखा साइबर पिलरका प्रहरी निरीक्षक राजेश महर्जन अनलाइन ठगी नेपालीका लागि ‘लोभले लाभ, लाभले विलाप भनेजस्तै’ भएको बताउनुहुन्छ । आर्थिक दृष्टिकोणले मध्यम वर्गीय, शिक्षित र वौद्धिक समुदायका व्यक्ति नै बढी ठगिने गरेका छन् ।


    गिरोहले विभिन्न किसिमको चिट्ठा तथा उपहार परेको खबर इमेल, फेसबुक, भाइबर, ह्वाट्सएप, इमो, विच्याट, इन्स्टाग्राम र म्यासेन्जरलगायत सामाजिक सञ्जालबाट पठाउने र सो प्राप्तिका लागि शुल्क लाग्छ भन्दै अनलाइन ठगी गर्ने क्रम अचेल बढेको छ ।
    अपराध महाशाखामा मात्र यस्ता दुई दर्जनभन्दा बढी उजुरी छन् । नक्कली आईडी बनाई अनलाइन ठगीको आरोपमा केही नेपाली र विदेशी नागरिक पक्राउ परेका छन् । यस्ता ठगहरूको सञ्जाल भारत, अफ्रिका, खाडी र युरोपसम्म फैलाएको महाशाखाले जनाएको छ ।
    यो समूहले प्रत्येक दिन ‘एक न एक’ जना नेपालीलाई पीडित बनाउने गरेको छ । केही दिनअघि महाशाखाले अनलाइन चिट्ठा ठगीको अभियोगमा झापाबाट एक जनालाई पक्राउ गरेको छ । आईएमई–पेबाट प्राप्त ठगीबापतको रकम बुझ्न जाँदै गर्दा उनी पक्राउ परेका हुन् ।


    सूचना प्रविधिको विकाससँगै यो अपराध गाउँ–गाउँसम्म मौलाउँदै गएको छ, ठग्नेभन्दा ठगिने मुर्खको जमात पत्याउन नसकिने छ । सित्तैमा पैसा र उपहार पाइने प्रलोभनबाट जानी–जानी ठगिने समस्या बढेको हो ।


    पक्राउमा चुनौती
    महाशाखाका अनुसार अनलाइन ठगीमा सलग्न अभियुक्तलाई पक्राउ गर्न सहज छैन । यसमा सूचना प्रविधिसँगै सामाजिक सञ्जाल र ‘फेक आईडी’ प्रयोग हुने भएकाले पक्राउमा समस्या देखिएको हो । कतिपय अवस्थामा चिट्ठा तथा उपहारको प्रलोभन देखाउने र केहीको बैङ्क खाता ह्याक गरी रकम चोर्ने गर्छन् ।
    साइबर विज्ञका अनुसार स्क्याम, ह्याकिङ र पार्सल–लट्रीका नाममा अनलाइन ठगी हुने गरेको छ । यस किसिमको ठगीबाट सर्वसाधारणलाई सर्तक र सचेत गराउन प्रहरीले विगत पाँच वर्षदेखि जनचेतना अभियान सञ्चालन गर्दै आएको छ ।
    यस्तो अपराधका सम्बन्धमा धेरै व्यक्ति जानकार छन् तर पनि फस्छन्, अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइराला अनलाइन ठगीमा परेकालाई कठै भन्नुपर्ने अवस्था नरहेको बताउनुहुन्छ ।


    जनचेतनाको अभाव
    यस अपराधका विरुद्ध जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । सामाजिक सञ्जालबाट हुने अनलाइन ठगीसम्बन्धी अपराध विगत पाँच वर्षदेखि अप्रत्याशित ढङ्गले मौलाउँदै गएको भनाइ प्रहरीको छ । प्रत्येक दिन कोही न कोही अनलाइन ठगीमा पर्ने गर्छन् । त्यस्तै वैदेशिक रोजगार, घर–जग्गा कारोबार, सरकारी तथा गैरसरकारीसम्बन्धी जागिर (रोजगार) र सस्तो मूल्यमा डलर तथा सुन साट्ने बहानमा ठगी बढ्दै गएको छ ।
    काठमाडौँं प्रहरी परिसरमा मात्र दैनिक १२ वटा ठगीसम्बन्धी मुद्दा दर्ता हुने गरेका छन् । तीमध्ये बैङ्किङ कसुरअन्तर्गत (बाउन्स चेक) ठगी, घर, जग्गा खरिद–बिक्री, सरकारी जागिर, विभिन्न एनजीओ तथा आईएनजीओमा जागिर लगाइदिने सम्बन्धी उजुरी बढी छन् ।


    सर्वसाधारणबाट ठगी गरेको रकमले काठमाडौँ उपत्यकामा घर घडेरी जोड्ने, कार चढ्ने र सुनको औँठी, सिक्री लगाएर सान देखाउने, मस्ती गर्नेको जमात बढ्दै गएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार बस्नेत बताउनुहुन्छ । यो समाचार आजको गोरखापत्रबाट साभार गरिएको छ। 

    सोमवार, फाल्गुण १० २०७७०६:५३:०७

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै
    images
    images
    ताजा अपडेट