इन्टरको सानदार जित

इन्टरको सानदार जित

  • सोमवार, फाल्गुण १० २०७७

  • काठमाडौँ

  • 361
    SHARES

  • इन्टरको सानदार जित

    इटालियन सिरी 'ए' फुटबल अन्तर्गत इन्टर मिलानले एसी मिलानविरुद्ध सानदार जित दर्ता गरेको छ । 

    आइतबार राति मिलानको घरेलु मैदान सानसिरोमा भएको मिलान डर्बी खेलमा इन्टरले एसी विरुद्द ३-० गोल अन्तरको जित दर्ता गरेको हो ।

    images
     

    इन्टरलाई जित दिलाउन खेलको पाँचौ मिनेटमा मार्टिनेजले  सुरुवाती गोल गरे । त्यस्तै खेलको ५७ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरको अग्रता २-० को बन्यो । त्यसपछि खेलको ६६ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई ३-० को जित दिलाए ।

    जितसँगै इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । इन्टरले २३ खेलबाट ५३ अंक जोडेको छ । पराजित मिलानले २३ खेलमा ४९ अंक जोडेको छ ।

     

    सोमवार, फाल्गुण १० २०७७०८:११:२४
    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै