Logo

विविध

देशभर गर्मी बढ्न सुरु



काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न सुरु भएको छ । 

हिजो आज तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौको तापक्रम पनि २३/२४ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । हिजो काठमाण्डौको तापक्रम २३ डिग्री सेल्सियसम्म पुगेको थियो । आज काठमाण्डौको तापक्रम २४ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार  ८ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।