स्रष्टा सम्मान र कविता प्रतियोगिता

स्रष्टा सम्मान र कविता प्रतियोगिता

  • 769
    SHARES

  • स्रष्टा सम्मान र कविता प्रतियोगिता

    चितवन, कविडाँडा साहित्य समाज, चितवनले स्रस्टा सम्मान र कविता प्रतियोगितासहित आफ्नो १८ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । सौराहस्थिति होटल जङ्गल सफारी लजमा आयोजित उक्त कार्यक्रममा देशभरिका महत्त्वपूर्ण साहित्यकारहरूको उपस्थिति थियो ।

    वरिष्ठ कवि तुलसी दिवको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कायक्रमको अध्यक्षता कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले गरेका थिए । समाजको परम्पराअनुसार यस वर्ष कविहरू कुन्ता शर्मा र गोपाल पराजुलीलाई नगदसहित कविडाँडा राष्ट्रिय साहित्य सम्मान अर्पण गरियो ।

    images

    त्यसै गरी यस वर्षको देवखीना स्मृति पुरस्कार कवि तथा निबन्धकार गायत्री श्रेष्ठलाई, अविनाशी उत्कृष्ट पुरस्कार निबन्धकार रामबाबु घिमिरेलाई तथा उत्कृष्ट आख्यान पुरस्कार “परित्यत्ता” उपन्यासका लागि भुवन ढुङ्गानालाई प्रदान गरियो । समारोहमा, देवखीना साहित्य पुरस्कारका संस्थापक, मीना लामिछाने ट्रस्टका अध्यक्ष मीना लामिछानेको पनि विशेष उपस्थिति थियो । कविडाँडा साहित्य समाजका उपाध्यक्ष उदय अधिकारीले समाजको पूर्वकार्यको विवरणसहित परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए भने सचिव गणेश श्रमणले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    Awardssss.jpg
    यसै समारोहमा, कविडाँडाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगताको पनि नतिजा घोषित गरियो । कविहरू दिनेश अधिकारी, भूपिन र महेश पौड्याल सदस्य रहेको निर्णायक मण्डलको निचोडअनुसार तेह्रथुमका कवि आरपी गाउँले प्रथम, झापाका कवि निरज दाहाल द्वितीय तथा बाग्लुङकी अस्मिता पौडेल तृतीय भइन् । कार्यक्रममा उक्त प्रतियोगिताका उत्कृष्ट दश कविहरूले आआफ्ना कविता वाचन गरेका थिए । 


    कीनोट स्पीकरको रूपमा बोल्दै समालोचक महेश पौड्यलले कवितामा प्रयोग एउटा निरन्तर प्रक्रिया रहेका बनाए । उनले भने, सार्थक प्रयोजन भएका प्रयोग स्थापित पनि हुन्छन् र अनुयायी पनि भेट्टाउँछन्, तर फगत प्रयोगका लागि गरिने प्रयोगरू बिलाएर जान्छन् । 


    कार्यक्रको आकर्षणका रूपमा “समकालीन नेपाली कविताः कति आविष्कार, कति निरन्तरता ?” शीर्षकको परिचर्चा थियो । समीक्षक एवं साहित्यिक पत्रकार राजकुमार बानियाँले मध्यस्थता गरेको उक्त चर्चामा कविहरू तीर्थ श्रेष्ठ, मोमिला, भूपिन, ठाकुल बेलबासे र सुमन घिमिरे वर्षाले भाग लिएका थिए । वक्ताहरूको निचोड थियो — आंशिक निरन्तरता स्वाभाविक हो, तर सिर्जनामा नयाँपन भित्र्याउनका लागि सर्जकहरू सदैव आविष्कारको पक्षमा उभिनु जरुरी छ । 


    कार्यक्रमको अन्तिम सत्र कविता वाचनको थियो । यस सत्रमा कविहरू तुलसी दिवस, गोपाल पराजुली, कुन्ता शर्मा, भूवन ढुङ्गाना, गोवन्द विनोदी, एलबी क्षेत्री, दिनेश अधिकारी, धनराज गिरी, भूपिन, इश्वर कँडेल, निमेष निखिल, मणि लोहनी, ठाकुर बेलबासे, सुरेन्द्र अस्तफल, गणेश श्रमण, सबिता गौतम दाहाल, मणि अर्याल, टीका आत्रेय, महेश कार्की क्षितिज, मनोज विश्वकर्मा, शरद ऋतु आदिले आफ्ना कविता सुनाएका थिए । 


    आफ्नो समापन मन्तव्यमा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले भने, अर्को वर्ष समाजले निबन्ध प्रतियोगितासहित वार्षिक उत्सव मनाउने छ । उनले भने, “हामीले चालीस वर्ष भन्दा कम उमेरका सर्जकका लागि “कविडाँडा युवा साहित्य पुरस्कार” पनि स्थापना गर्दैछौँ । कवि सुमन घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । 


              

     

    सोमवार, फाल्गुण १० २०७७०९:५४:३७

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै