सोमवार, फाल्गुण १० २०७७
काठमाडौँ
गोरखा जिल्लाको बारपाकमा एकै घरका तीनजना घरभित्रै मृत अबस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए अनुसार ८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी नाता पर्ने १२ वर्षीया उषा गुरुङकाे शव फेला परेकाे हो ।
सोमबार बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरु आएर हेर्दा शव देखेको र प्रहरीलाई खबर गरेको उनले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।