Logo

राजनीति

चीनले नेपाली भूमी अक्रिमण गरि घर बनाएको प्रति रिपब्लिक पार्टीको आपत्ति



चीनले नेपाली भूमी अक्रिमण गरि घर बनाएको प्रति रिपब्लिक पार्टीले आपत्ति जनाएको छ । नेपाल रिपब्लिक पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै हुम्ला जिल्लामा सीमास्तम्भ गायब पारेर कम्युनिष्ट चीनले नेपाली भूमि अतिक्रमण गरी जबर्जस्ती ९ वटा घर बनाएको घटनाप्रति नेपाल रिपब्लिक पार्टी घोर आपत्ति जनाएको छ ।
 

हुम्ला जिल्लाको नाम्खा गाविस अन्तर्गत लिमि गाउँको लाप्चामा दुइ किलोमिटर सीमा मिचेर चीनले नौवटा घर बनाएको र त्यस क्षेत्रमा नेपालीहरुले प्रवेश गर्न खोज्दा चिनियाँ सैनिकले रोकेको जानकारी स्वयं नाम्खा गाँउपालिकाका जननिर्वाचित अध्यक्षले सार्वजनिक गरेका विज्ञप्तिमा उल्लेख गरेकाे छ। सो क्षेत्रमा चीनले सीमा स्तम्भ समेत गायब पारेको र यसबारे कुरा गर्न खोज्दा धम्की दिइएको छ ।

विज्ञप्तिमा भनिएकाे छ, कम्युनिष्ट चीनले गोर्खा, रसुवा, हुम्ला लगायतका जिल्लामा सीमा अतिक्रमण गरेर सयाै‌ विघा जग्गा कब्जा गरेको, अवैध निर्माण गरेको र ती क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाएको कुरा नापी विभाग लगायत सरकारी निकायहरुले यसअघि पनि सार्वजनिक गरेका हुन् ।

त्यसलाई चीनसँगको मिलेमतोमा नेपालको कम्युनिष्ट सरकारले खण्डन गर्दै, दबाउँदै र उक्त जानकारी सार्वजनिक नगर्ने धम्की दिदैं आएको सर्वविदितै छ । हुम्लाको लाप्चामा सीमा अतिक्रमण गरेको यस घटनालाई पनि दवाउन सरकारले प्रयास सुरु गरेको छ । दुर्गम हिमाली क्षेत्रमा अन्यत्रका जनताको पहुँच नभएका कारण त्यस्ता क्षेत्रमा पालैपालो नेपालको जग्गा अतिक्रमण गर्दै कम्युनिष्ट चीनको षडयन्त्र र त्यसलाई हरतरहले साथ दिने चीनको दास सरहको नेपालको कम्युनिष्ट सरकारको हर्कत निन्दनीय रहेकाे उल्लेख गरिएकाे छ ।

 यस्तो हर्कत तुरुन्त बन्द गर्न र नेपाल सरकारलाई अतिक्रमित नेपाली भूमि तत्काल फिर्ता ल्याउन, अन्यथा नेपाली जनताको आक्रोशको सामना गर्न तयार रहन नेपाल रिपब्लिक पार्टीले  चीनलाई चेतावनी समेत दिएकाे छ  । देशको भूभाग पालैपालो, गुपचुप तवरमा चीनलाई सुम्पिदै जाने कम्युनिष्ट सरकारको राष्ट्रघाती हर्कतले नेपालीलाई तिव्र आक्रोशित तुल्याएको छ । यस्तो हर्कत बन्द नगरे चीनले पनि गम्भीर परिणाम भोग्नु पर्नेछ समेत जनाएकाे छ ।

राष्ट्रियता र लोकतन्त्रप्रति आस्थावान सबै पक्ष, राजनितिक पार्टी र सम्पूर्ण विश्वसमुदायले कम्युनिष्ट चीन र नेपालको कम्युनिष्ट सरकारको यस हर्कतका विरुद्ध नेपाल रिपब्लिक पार्टीले सञ्चालन गर्ने अभियानमा साथ दिने कुरामा पार्टी विस्वस्त छ रहेकाे समेत विज्ञप्तिमा जनाएकाे छ । नेपालको भूभाग, राष्ट्रियता, राष्ट्रिय अस्मीता र लोकतन्त्रलाई चीनको पाउमा समर्पण गर्न उद्यत नेपालको जनघाती कम्युनिष्ट सरकारको पतन नभएसम्म यस्थो हर्कत जारी रहने भएकाले यसलाई चाँडोभन्दा चाँडो अपदस्थ गराउनु नै देश बचाउने एकमात्र उपाय हो भन्ने पनि नेपाल रिपब्लिक पार्टी सबैलाई स्मरण गराउन चाहन्छ  विज्ञप्तिमा भनिएकाे छ ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  २ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।