Logo

कर्पोरेट फोकस

एशियन लाइफको नयाँ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता



एशियन लाइफ इन्स्योरेन्सले “मेरो सुरक्षा कवच“ नाराको साथ “एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा” योजना ल्याएको छ । कम्पनीका संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठलगायत संचालक समिति सदस्यहरुको उपस्थितिमा यो बीमा योजना सार्वजनिक गरिएको हो ।

यस बीमा योजना अन्तर्गत १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम २५ हजारदेखि अधिकतम आफ्नो आय श्रोतको आधारमा बीमाङ्क रकम चयन गर्न सक्नेछन् । न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मको लागी जारी हुने यस बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानीको लागी एकल, नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिनेछ । 

यस योजनाअन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान गरिने छैन । 

यस योजनामा देहाय बमोजिमको ऐच्छिक सुविधा लिन सकिने व्यवस्था समेत रहेको छः

दाह संस्कार खर्च 

दुर्घटना मृत्यु लाभ

दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग÷अशक्त सुविधा बीमाशुल्क छुट सुविधा

एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेको आजकै दिन देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट ५ हजार ३०१ वटा म्यादी बीमालेखहरु एकै दिनमा जारी गरिएको छ ।

५ अर्ब अधिकृत पूँजी, २ अर्ब १ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको २०७७ पुस मसान्तसम्म जीवन बीमा कोष २४.७१ अर्ब रहेको छ । साथै कम्पनीले पुस मसान्तसम्ममा ३.१७ अर्ब बीमाशुल्क आर्जन गरेको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार  ९ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।