मुलुक नयाँ मोडमा : प्रधानमन्त्रीको तयारी यस्तो (भिडियोसहित) 

मुलुक नयाँ मोडमा : प्रधानमन्त्रीको तयारी यस्तो (भिडियोसहित) 

  • 14.9K
    SHARES

  • मुलुक नयाँ मोडमा : प्रधानमन्त्रीको तयारी यस्तो (भिडियोसहित) 

    सर्वोच्च अदालतको फैसला नआउँदै मुलुक भित्रका केही महत्वपूर्ण भेटवार्ताले थुप्रै आशंका जन्माइदिएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाको भेटवार्ता र लगत्तै प्रधानसेनापति र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीचको भेटले अनेकौं प्रश्न र संशय एकसाथ उब्जाइदिएको छ । 

    मुलुक कुन दिशमा अघि बढ्दै छ र प्रधानमन्त्रीको तयारी के छ भन्ने विषयमा हामीले नेकपा ओली समूहका नेता मोहन बनियाँसंग बुझ्ने कोशिस गरेका छौं । बानियाँ नेकपाका पुराना र अनुभवि नेता हुन । उनी कर्णाली प्रदेशको मुगुबाट लगातार निर्वाचन जित्दै आएका छन् ।

    images

    नेता बानियाँसंग भएको कुराकानीका महत्वपूर्ण अंश यस्ता छन् :

    क) प्रधानमन्त्री र प्रधानन्यायाधीश तथा प्रधान्यायाधीश र प्रधानसेनापतिको भेट सामान्य हो । राज्य संचालन प्रक्रियामा राज्यका महत्वपूर्ण निकायका प्रमुखबीच संवाद हुनु सामान्य हो । यसलाई अन्यथा लिनु हुँदैन । 

    ख) प्रधानमन्त्रीले प्रधानसेनापतिलाई भेटेर वा प्रधानसेनापतिले प्रधानन्यायाधीशलाई भेटेर संसद् बिघटनको मुद्दा प्रभावित पार्न खोजेको होइन । प्रधानमन्त्रीले प्रधान्यायाधीशलाई प्रभावमा ल्याउन खोजेको भनेर कुप्रचार नगरौं । 

    ग) प्रधानमन्त्रीले संकटकाल लगाउने भन्ने कुरा हावादारी हो । यदि संसद् पुनस्र्थापना नै भएछ भनेपनि संसद्मा त्यसको सामना गर्ने प्रधानमन्त्रीको तयारी छ ।

    घ) संसद् पुनस्र्थापना भएपनि प्रधानमन्त्रीको पक्षमा बहुमत छ । त्यो समयमा देखिनेछ । 

    ङ) प्रधानन्यायाधीश र प्रधानसेनापति मिलेर ‘कु’ गर्ने कुरा कल्पना पनि गर्न सकिदैन । नेपालको न्यायालय र सेनालाई अविश्वास गर्नुपर्ने केही छैन ।

    च) सरकारले प्रतिवन्धित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासंग वार्ता प्रक्रिया अघि बढाएको छ । हिजो सीके राउतलाई पनि लाइनमा ल्याउने प्रधानमन्त्री ओली नै हुन् । शान्ति प्रक्रियामा आएर सहकार्य गर्न खोजेछन् भने अन्यथा मान्नुपर्ने केही छैन । मन्त्री बन्ने सम्भावना पनि नकार्न मिल्दैन । 

    छ) बैशाखमा तोकिएको निर्वाचन कुनै विषम परिस्थिति सृजना भए सर्न सक्छ । चुनाव त गर्नैपर्छ । 

    ज) नेकपा माधव–प्रचण्ड समूह हराएर जान्छ । उहाँहरुसंग एजेण्डा पनि छैन, कार्यकर्ता पनि छैनन् । पदका लागि राजनीतिक गर्नेहरु आफै समाप्त हुन्छन् ।

    विस्तृत भिडियोमा हेर्नुहोस् :

     

     

    मंगलवार, फाल्गुण ११ २०७७१०:५३:०३

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै