के हाे स्तन क्यान्सर, कस्ता हुन्छन लक्षण, कसरी बच्ने स्तन क्यान्सर बाट ?

के हाे स्तन क्यान्सर, कस्ता हुन्छन लक्षण, कसरी बच्ने स्तन क्यान्सर बाट ?

  • 463
    SHARES

  • के हाे स्तन क्यान्सर, कस्ता हुन्छन लक्षण, कसरी बच्ने स्तन क्यान्सर बाट ?

    सुजाता अम्गाई 

    स्तन क्यान्सर आजको दिनमा आम रोग बनेको छ । स्तन क्यान्सरका कारण विश्वमा प्रत्येक वर्ष लाखौँ महिलाले ज्यान गुमाइरहेका छन् । आजभोलि कम उमेर समूहका महिलामा समेत स्तन क्यान्सर देखिने गरेको छ ।

    images

    आयुर्वेदविद्का अनुसार स्तन क्यान्सरको मुख्य कारण अव्यवस्थित दिनचर्या र जीवनशैली नै हो । अधिक मात्रामा अण्डा, माछामासु, रक्सी र लागुपदार्थको सेवन तथा निन्द्रको गडबडीले पनि महिलामा स्तन क्यान्सरको जोखिम बढाउने विज्ञहरु बताउँछन् । यदि कुनै कारणले महिलाको स्तनमा चोट पुगेको छ र स्तनका नलीहरु अवरुद्ध भएका छन् भने यो अवस्थामा पनि स्तन क्यान्सरको जोखिम हुने विज्ञको भनाइ छ ।

    आयुर्वेदको प्रभावकारी उपचारले स्तन क्यान्सर जस्तो गम्भीर रोगहरूबाट मुक्ती दिलाउँछ । आयुर्वेद एक प्राचीन आयुर्वेदिक चिकित्सा प्रणाली हो जुन गम्भीर रोगहरूको उपचारको लागि प्रसिद्ध छ र यस चिकित्सा अभ्यासको कुनै साइड इफेक्ट हुँदैन।

    स्तन क्यान्सरका सामान्य लक्षणहरु

    १,स्तनमा लामो समयसम्म हल्का वा गम्भीर दुखाइ हुनु ।

    २,स्तनमा गिर्खाहरु देखिनु ।
    ३, स्तन छुँदा दुख्नु ।
    ४, स्तन कडा हुनु, सुन्निनु ।
    ५ ,स्तनको तापक्रम बढ्नु, छुँदा तातो अनुभुति हुनु ।
    ६, बेचैनी र शरीर सुस्त हुनु ।

    क्यान्सरको आयुर्वेदिक उपचार

    स्तन क्यान्सरको समस्याबाट छुटकारा पाउन आयुर्वेदिक उपचार लाभदायी हुन्छ । आयुर्वेदको जडिबुटी औषधिहरूको नियमित सेवनले स्तन क्यान्सरको जोखिम कम गर्दछ । आयुर्वेदको पञ्चकर्मा थेरापी पनि स्तन क्यान्सरको उपचारको लागी एक प्रभावकारी विकल्प हो ।

    आयुर्वेदले आहारमा अधिकतम जोड दिन्छ र यदि प्रारम्भिक लक्षणहरू थाहा भएमा स्तन क्यान्सरलाई विशेष डाईट र आयुर्वेदिक औषधिहरूको सेवनले निको पार्न सकिन्छ ।

    आयुर्वेदले स्तन क्यान्सरबाट पीडित महिलाहरूलाई प्रशस्त मात्रामा भिटामिन डी युक्त खाना खान सल्लाह दिन्छ । किनकी भिटामिन डिको कमि भएका महिलामा स्तन क्यान्सरको जोखिम बढी भएको विभिन्न अनुसन्धानमा पाइएको छ ।

    स्तन क्यान्सरबाट बच्न के खाने के नखाने ?

    १,लसुन र प्याजको सेवनले स्तन क्यान्सरबाट बचाउँछ ।

    २,अंगुर, किसमिस पनि स्तन क्यान्सरको निदानका लागि उपयोगी मानिन्छ ।

    ३,अदुवा, ग्रिन टीको सेवनले पनि स्तन क्यान्सरको जोखिम कम गर्छ ।

    ४,दुध वा दुधबाट बनेका परिकारहरु धेरै सेवन नगर्ने ।

    ५,स्तन क्यान्सरबाट पीडित महिलाले धुम्रपान गर्नु हुँदैन ।

    ६,चिया र कफिबाट टाढै रहनुस् ।

    ७,मास र मुसुरोको दाल नखानुहोस् ।

    ८,आफ्नो भोजनमा अण्डा र मासु समावेश नगर्नुहोस् । 

     

    मंगलवार, फाल्गुण ११ २०७७१२:३४:३९

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै
    images
    images
    ताजा अपडेट