मंगलवार, फाल्गुण ११ २०७७
काठमाडौँ
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन १ हजार १ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
सोमबार ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार १ हजार १ सय रुपैयाँले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।