मंगलवार, फाल्गुण ११ २०७७
काठमाडौँ
काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको प्रविन्धित नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिवन्ध हटाउँने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएका छन् । राष्ट्रिय सुरक्षा परिषदको बैठक बसे लगत्तै ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई सरकारी निवासमा छलफलका लागि बोलाएका हुन् ।
एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्धको चर्चा समेत चलेकाले उक्त प्रतिबन्ध फुकुवा गर्न सक्ने अनुमान गरिएको छ ।