मंगलवार, फाल्गुण ११ २०७७
काठमाडौँ
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ । सर्वोच्चले आज सम्पूर्ण सुनुवाइ प्रक्रिया अन्त्य गरी प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको हो । यससँगै दुई महिनायताको अन्यौल पनि अन्त्य भएको छ ।
सर्वोच्चले आजकै दिनदेखि १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने आदेश पनि दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन विरुद्ध परेका १३ थान रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तिम निर्णय सुनाएको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका हुन् ।
हेरौं पूर्ण पाठ यस्तो छ :