मंगलवार, फाल्गुण ११ २०७७
काठमाडौँ
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्न आदेश दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो प्रतिक्रिया दिएका छन् । आफ्नो प्रतिक्रिया दिदै प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुँदा नेपाली जनताको जित भएको बताएका हुन् ।
सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय सुनाए लगत्तै छोटो प्रतिक्रिया दिँदै प्रचण्डले जनताको जित भएको बताएका हुन् । यो निर्णयले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको प्रचण्डले सुनाए । ‘अदालतको फैसलाले नेपाली जनताको जित भएको छ’, प्रचण्डले भने, ‘यो निर्णयले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको छ ।’
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ गर्दै सार्वोच्चले पुनर्स्थापनाको निर्णय सुनाएको हो ।