Logo

राजनीति

गगन थापाको प्रतिक्रिया, हामी सवैलाई बधाई



सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि विभिन्न दलका नेताहरुबाट प्रतिक्रिया आउँने क्रम जारी छ । यसै क्रममा नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । आफ्नो फेसबुक पेज मार्फत नेता थापाले आफ्नो प्रतिक्रिया दिएका हुन् । 

हामी सबैलाई बधाई भन्दै लेख्न सुरु गरेका थापाले ‘संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ’ भनेका छन् । साथै थापा अगाडि लेख्छन् – ‘अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ ।’

प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार  ७ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।