Logo
अन्तर्वार्ता

संसद् पुनर्स्थापना : बन्ला त कांग्रेसको नेतृत्वमा सरकार ? (भिडियोसहित) 


सर्वोच्च अदालतले बिघटित संसद् पुनर्स्थापना गरेसंगै नयाँ सरकार गठनबारे परामर्श सुरु भैसकेको छ । पुनर्स्थापना संसद्ले नयाँ सरकार गठन गर्ने निश्चित भएपछि राजनीतिक समीकरणको जोडघटाउ पनि सुरु भएको छ ।

नेकपा बिभाजित अवस्थामा भएकाले अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने देखिन्छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल दुवै समूहले कांग्रेससमक्ष सहकार्यको प्रस्ताव गरिसकेका छन् । 

के बन्ला त नेपाली कांग्रेसको नेतृत्वमा सरकार ? 

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीका अनुसार मुलुक सरकार विहीनताको अवस्थामा बस्दैन । हुँदाखाँदाको बहुमत गुमाएर देशलाई कम्युनिष्टहरुले भड्खालोमा हालेको कांग्रेसले टुलुटुलु हेरेर बस्ने कुरा आउँदैन । अब कांग्रेसले सरकारको नेतृत्व लिन पहल गर्नुपर्छ ।

सभापति शेरबहादुर देउवा निकट शाही भन्छन्, ‘ अबको प्रधानमन्त्री हुने भनेकै देउवा हुन् । कुन पार्टी वा पक्षसंग साझेदारी हुन्छ भन्ने कुरा पार्टीले निर्णय गर्ला तर संसदीय दलको नेता देउवा नै भएकाले उहाँ नै प्रधानमन्त्री हुने हो । कसैलाई आफू हुन मन लागे संसदीय दलको नेताबाट देउवालाई हटाएर बने भै गो नी ! ’

मुलुक गम्भीर राजनीतिक संकटमा परेका बेला जहिले पनि कांग्रेसले पार लगाएको र अब पनि कांग्रेसले नेतृत्व गरेर मुलुकलाई विधि र प्रक्रियामा हिंडाउनुपर्ने शाही बताउँछन् । केही व्यक्तिले पाँचै वर्ष काग्रेस प्रतिपक्षीमा बस्नुपर्छ भन्नेकुरा व्यवहारिक नहुने उनको भनाइ छ । 

विस्तृत भिडियोमा :