Logo

कर्पोरेट फोकस

आज सुन प्रतितोला ३०० रुपैयाँले घट्यो



बुधबार स्थानीय बजारमा सुनको भाउमा गिरावट आएको छ । मंगलबार प्रतितोला एक हजार एक सय रुपैयाँले बढेर ९० हजार १०० रुपैयाँ पुगेको छापवाल सुन आज ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ८९ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउमा समेत गिरावट आएको छ । हिजो प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार  ११ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।